शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

काठमाडाैँ महानगरमा १५ सय मत गन्दा बालेनकाे अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म करिब १५ सय मत गणना सकिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

साे जानकारीअनुसार बालेन शाहले नै अग्रता कायमै राखेका छन् । स्वतन्त्र उमेदवार शाहले ५६८ मत प्राप्त गरेका छन् भने एमाले उमेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन् ।  कांग्रेस उमेदवार सिर्जना सिंहले भने ३०७ मत प्राप्त गरेकी छन् ।

साहले अग्रता कायमै राख्दा सत्ता गठबन्धन तेस्रोमा झरेको छ । मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा उक्लेका छन् ।