मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

विराटनगरको उपमेयरमा अमरेन्द्रलाई पछि पार्दै एमालेकी कार्की अगाडि

काठमाडौं–विराटनगर महानगरपालिकाको उपमेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेका जसपाका अमरेन्द्र यादवलई पछि पार्दै एमालेकी उम्मेदवार शिल्पा कार्कीले अग्रता लिएकी छिन् ।

शिल्पाले हालसम्मको मत गणनामा २ सय २६ मत ल्याएकी छिन् भने यादवले १ सय ५२ मात्रै ल्याएका छन् । यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।