शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

जुगल १ मा कांग्रेसका जनक लामा विजयी

काठमाडौँ - सिन्धुपालचोकको जुगल गाउँपालिका १ मा कांग्रेसका वडाध्यक्ष  जनक लामा विजयी भएका छन् । 

आज आएको मतपरिणाम अनुसार समाजवादी र माओवादीका गठबन्धन उम्मेदवारलाई सात मतले हराउँदै लामा विजयी भएका हुन् । 

उनले ५८४ मत ल्याएका थिए भने समाजवादीका अध्यक्षका उम्मेदवार कमल थापाले ५७७ मत ल्याएका थिए ।