पूर्वमन्त्री जोशीको अन्त्यष्टि

काठमाडौँ : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । जोशीको पार्टीमा शरीरमा उनका दाजु राजुराज जोशीले दागबत्ति दिए ।
अन्तिम संस्कारअघि उनलाई अन्तिम श्रद्धान्जली दिन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, बालकृष्ण खाण, गगन थापा, शंकर भण्डारीलगायतका कांग्रेस नेताहरू पुगेका थिए ।
यसअघि जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि मध्यान्ह १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
आजै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले तीन दिन पार्टीको झण्डा आधा झुकाउने र एक दिन पार्टीका केन्द्रदेखि सबै तहका कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
जोशीका एक धर्मपत्नी र एक छोरी छन् । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री, संविधानसभाका दुई पटकका निर्वाचनमा सदस्य र पूर्वमन्त्री जोशी कांग्रेसका केन्द्रीय सदस्य थिए । उनी काठमाडौंमा कांग्रेसका लोकप्रिय नेताका रूपमा चिनिन्थे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया