संसदीय मामिला पत्रकार समाजमा नयाँ कार्यसमिति
अध्यक्षमा सञ्जीब बगाले निर्वाचित

काठमाडौँ : संसदीय मामिला पत्रकार समाजले नयाँ कार्यसमिति पाएको छ । शनिबार राजधानीमा भएको मामिलाको सातौँ अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
पत्रकार कृष्णा पौडेललाई हराउँदै संसदीय मामिला पत्रकार समाजको नयाँ अध्यक्षमा सञ्जिब बगाले निर्वाचित भएका छन् । त्यस्तै खुला उपाध्यक्षमा डीपी उपाध्याय, महिला उपाध्यक्षमा तुलसी सापकोटा, महासचिवमा विष्णु खड्का, खुला सचिवमा जयसिंह महरा, समावेसी सचिवमा दिपेश श्रेष्ठ र कोषाध्यक्षमा सिर्जना घिमिरे निर्वाचित भएकी हुन् ।
खुला सदस्यमा शम्भु दङ्गाल, आकाश क्षेत्री, किरण दाहाल, अङ्गराज न्यौपाने निर्वाचित भएका छन् । त्यसैगरी समावेशीतर्फ सबिता शर्मा र केशव भुल निर्वाचित भएका छन् । फोटो-भिडियोतर्फ निर्वाचित हुने सदस्यमा रोशन सापकोटा र अमरदीप श्रेष्ठ रहेका छन् ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया