शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

पालुङटारको मेयरमा जसपाको अग्रता : गुरुङ र  कँडेलको मतान्तर १११

काठमाडौँ- गोरखाको पालुङटार नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । जसपाका मेयरका उम्मेदवार प्रेम गुरुङले ५१८ मत पाएका छन् । दोस्रोमा कांग्रेस उम्मेदवार दीपकबाबु कँडेलले ४०७ मत पाएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले ३४२ मत पाएका छन् भने एमालेका उम्मेदवार हरि भट्टले १०३ मत पाएका छन् ।

हालसम्म पालुङटारमा १ हजार ४ सय ६० मत गणना भएको छ । यो जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृह नगर हो ।