विराटनगर महानगरपालिकाको मतगणना ८ बजेदेखि सुरु हुँदै, १० पालिकामा सुरु

विराटनगर - मोरङको विराटनगर महानगरपालिकाको मतगणना अहिले ८ बजेदेखि सुरु हुने भएको छ । शुक्रबार बेलुका मतपेटिका संकलन सकिएर बसेको सर्वदलीय बैठकले महानगरको मतगणना शनिबार ८ बजेदेखि गर्ने निर्णय गरेको थियो ।
मतगणनाका लागि निर्वाचन आयोगले तयार पारेको मतगणना सम्बन्धि मापदण्ड पालना गर्ने सर्वदलीय बैठकमा सहमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले दल र स्वतन्त्र उम्मेदवारहरूको तर्फबाट मतगणनाका लागि खटिने प्रतिनिधि पठाउने क्रम जारी रहेको छ ।
यसैबीच मोरङका १० वटामा शनिबार बिहानैदेखि मतगणना सुरु भइसकेको जनाइएको छ । १७ वटा पालिकाहरू मध्ये मोरङको कानेपोखरीमा शुक्रबार बेलुका ११ बजेदेखि मतगणना सुरु भएको छ । कानेपोखरीमा अहिले एमालेका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
पहिलो १०० भोट गन्दा उर्लाबारी नगरपालिकामा पनि एमालेकै अग्रता देखिएको जनाइएको छ । ग्रामथानमा कांग्रेसका अध्यक्षका उम्मेदवारले अग्रता लिएका छन् । जहदा गाउँपालिका, धनपालथान गाउँपालिका, सुनबर्षी नगरपालिका, रंगेली नगरपालिका, मिक्लाजुङ गाउँपालिका, कटहरी गाउँपालिका, लेटाङ नगरपालिका र बेलबारी नगरपालिका पनि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया