मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

काठमाडौँ - मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६८९ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन नेकपा समाजवादीका देवबहादुर गुरुङले १८५ मत पाए ।
त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६४१ मत लिएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २२५ मत लिएर पछ्याएकी थिइन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया