बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

एकैचरणमा निर्वाचन गर्नुपरेको कारण चाहेजति सुरक्षा दिन सकिएनः आयोग

फाइल फोटो

काठमाडौँ - निर्वाचन आयोगले एकैचरणमा निर्वाचन गर्नुपरेको कारण चाहेजति सुरक्षा दिन नसकेको बताएका छन् । 

आयोगले आज गरेको पत्रकार सम्मेलनमा देशभर आज निर्वाचनको दौरानमा विभिन्न जिल्लाहरुमा विभिन्न किसिमका छिटपुट घटना र केही ठाउँहरुमा अप्रिय घटनाहरुले सुरक्षा नपुगेको पुष्टि गरेको बताएको हो ।  

सुरषाका कारणले आज सबै तहको स्थानीय निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षाका बाबजुद हालसम्म १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगन भएको आयोगले जनाएको छ ।