महानगरको मतगणना स्थलमा लामखुट्टे मार्ने विषादी छर्किइँदै

विराटनगर – विराटनगर महानगरपालिकाको मतगणना स्थल विराटनगर-७ स्थित आदर्श माविको प्राङ्गणमा लामखुट्टे मार्ने विषादी छर्किइएको छ ।
शुक्रबार सबै मतदान केन्द्रबाट मतपेटिका आइपुग्ने र मतगणनाको प्रक्रिया सुरु गरिने भएकोले गणनास्थलमा लामखुट्टेले नटोकोस् भनेर विषादी छर्किइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विराटनगर महानगरपालिकाका १९ वटै वडामा अहिले शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । केही मतदान केन्द्रमा भने लाइन लागिसकेका मतदान गर्न बाँकी रहेकोले उनीहरुले मतदान सम्पन्न गरेपछि मतपेटिका ल्याइने जनाइएको छ ।
मतगणना स्थलमा गणनामा खटिने कर्मचारीहरुसहित सुरक्षाकर्मी, दलका प्रतिनिधिहरुलाई लामखुट्टेले नटोकोस् भनेर विषादी छर्किएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए । महानगरपालिकामा २९ वटा मतदान स्थलमा १२९ मतदान केन्द्र रहेका छन् । कुल मतदाता १ लाख ३३ हजार १४२ जना रहेका छन् ।
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

प्रतिक्रिया