गोरखाको ताराखसे मतदान केन्द्रमा गोली चल्दा कर्मचारी घाइते

काठमाडाैँ – गोरखाको ताराखसे मतदान केन्द्रमा गोली चल्दा एक कर्मचारी घाइते भएकी छन् ।
स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्र (सिद्धकाली मावि)मा गोली चल्दा निर्वाचन गराउन खटिएकी २२ वर्षीया मनिषा थापा घाइते भएकी हुन् । उनको घुँडामुनि पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ। घाइते थापालाई उपचारका लागि अस्पताल लगिएको छ।
मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवाद उग्र रुप लिँदा स्थिति तनावग्रस्त बनेका बेला अज्ञात व्यक्तिले गोली चलाएको निर्वाचन अधिकृत खिमानन्द गौतमले बताए । गोली चलाउने व्यक्तिकाे खाेजी भइरहेकाे उनले बताए । घटनास्थलमा नेपाली सेनाकोसहित थप सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय गाेरखाले जनाएकाे छ ।
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

प्रतिक्रिया