बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

मतदाता परिचयपत्र खोस्ने निवर्तमान वडाध्यक्ष प्रहरी नियन्त्रणमा

फाइल फोटो

काठमाडौँ - मतदाता परिचयपत्र खोसी फरार भएका दोलखाको तामाकोसी गाउँपालिका–१ का निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेलाई नियन्त्रणमा लिई निर्वाचन कसुरअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ । 

काफ्ले सो वडा कार्यालय भवनस्थित मतदानस्थलमा मतदाता परिचय वितरण हुँदै गरेको १२५ थान मतदाता परिचयपत्र सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट खोसी फरार भएकामा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चलान गरेको थियो । 

निज काफ्लेलाई दोलखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन कसुरअन्तर्गत कारबाही चलाउने विषयमा कार्यविधिगत स्पष्टताका लागि आयोगमा आवश्यक प्रक्रिया अघि आग्रह आएको छ ।