‘फेरि दर्पणछायाँ इमोस्नल हैन, फन्नी हुनेछ’

काठमाडौं : ‘दक्षिणा’बाट नेपाली फिल्ममा डेब्यु गरेकी निरुता सिंहले त्यसयता सयभन्दा बढी फिल्ममा अभिनय गरिन् । यो क्रममा एकसेएक हिट फिल्म पनि दिइन् । तर, जति हिट दिए पनि ‘दर्पणछायाँ’ले दिएको परिचयलाई कुनै पनि फिल्मले बिर्साउन सकेनन् । निरुताको अभिनय यात्राको कुरा हुँदा ‘दर्पणछायाँ’ सबैभन्दा पहिला आइहाल्छ ।
यतिबेला फेरि यो फिल्म बन्ने चर्चा सुरु भएको छ । तर, यसपटक यो फिल्म तुलसी घिमिरेले हैन उत्तम प्रधानले बनाउँदैछन् । निरुताका अनुसार फिल्मको निर्देशन पनि उनैले गर्नेछन् । तर,‘फेरि दर्पणछायाँ’ नाममा बन्न लागेको फिल्म प्रेमकथा नभई कमेडी शैलीको रहने निरुताले जानकारी गराएकी छिन् ।
‘पहिलेको दर्पणछायाँमा पनि कमेडी नभएको हैन, थियो तर त्यो बेग्लै खालको थियो । तर, नयाँ दर्पणछायाँमा भने हामी तीनैजनाको क्यारेक्टर फन्नी छ,’निरुताले इकागजसँगको भेटमा भनिन् ।
निरुताका अनुसार फिल्मको पटकथा उत्तम स्वंयले लेखेका हुन् र फिल्म बनाउनलाई तुलसी घिमिरेले पनि सहमति दिइसकेका छन् । स्क्रिप्ट तुलसी घिमिरेलाई पनि मन परेको उनको भनाई थियो ।
‘उत्तमले तुलसी दाइलाई पनि सुनाइसक्नु भएको छ । उहाँलाई पनि खुब मन परेको छ । एक समय त उहाँले नै निर्देशन गर्ने कि भन्ने कुरा पनि थियो तर पछि उत्तमले नै गर्ने कुरा भयो,’ निरुताले भनिन् ।
आजभन्दा २० वर्षअघि प्रदर्शन भएको ‘दर्पणछायाँ’ले ऐतिहासिक सफलता पाएको थियो । यो फिल्मसँगै निरुता सिंह, दीलिप रायमाझी र उत्तम प्रधानको स्टारडम चुलीमा पुगेको थियो । यसको १७ वर्षपछि तुलसी घिमिरेले नयाँ कलाकारलाई लिएर यसको शृंखला बनाएका थिए । पुष्प खड्का, सहारा शर्मा र श्रद्धा प्रसाइको अभिनय रहेको यो फिल्म पहिलाको फिल्मको एकछेऊ पनि नभएको टिप्पणी भएको थियो ।
निरुताले भने यसको दोस्रो भाग हेर्न भ्याएकी छैनन् । ‘किन नहेर्नु भएको त ?’ भन्ने इकागजको प्रश्नमा उनले फिल्मले गतिलो प्रतिक्रिया नपाएपछि हेर्न हिम्मत नगरेको जवाफ दिइन् ।
‘गीतहरू हेरेको छु । अलि धेरै सम्झौता गरेको हो कि जस्तो फिल भयो । यो फिल्म रिलिज हुँदा नेपालमा पनि थिइन । कसो कसो अहिलेसम्म मौकै जुरेको छैन,’ निरुताले भनिन् ।
नयाँ दर्पणछायाँको सुटिङ कहिले गर्ने भन्ने उत्तमले तय गर्न सकेका छैनन् । निरुताका अनुसार लकडाउन नहुँदो हो त फिल्मको सुटिङ पहिला नै भइसक्थ्यो तर अहिले सुटिङ गरेर पनि रिलिजको टुंगो नहुने भएपछि सुटिङमा जान हतार नगर्ने मनस्थिति निर्माण टिमको रहेको छ ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया