पाेखराकाे मतगणनास्थलमा तार जाली र सिसीक्यामेरा

पाेखरा- कास्कीकाे पाेखरा महानगरसहित पाँच वटै स्थानीय तहले मतगणनाका लागि तयारी थालेकाे छ। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले मतदान अघि नै तार जालीसहित सिसिक्यामेरा जडान गरेर तयारी थालेकाे हाे ।
कार्यालयले मत गन्ने समयकाे अति संवेदनशिलतालाई ध्यानमा राखेर तयारी गरेकाे कार्यालयका अनुगमन अधिकृत निल पनेरुले जानकारी दिए । पाेखरा महानगरकाे मत गन्नका लागि जिल्ला समन्वय समिति, कास्की र पाेखरा उपत्यका नगर विकास समितिकाे हल प्रयाेग गरिने पनेरुले बताए ।
"ती २ हलमा ८ टाेली बनाएर मत गन्ने तयारी गरिएकाे छ," उनले भने, "हामीले त्यही अनुसार सिसिक्यामेरा र तार जाली हालेर सुरक्षित बनाउने काम गरेकाे छाैं ।" कास्कीकाे अरू चार पालिकामा पालिकास्तर मै गणना हुने उनले बताए ।
अन्नपूर्ण गाउँपालिकाकाे लुम्ले स्थित कृषि अनुसन्धान केन्द्रकाे हलमा मतगणना हुन्छ भने मादी, माछापुच्छ्रे र रुपा गाउँपालिकाकाे मतगणना सम्बन्धीत पालिकाकाे प्रशासकीय भवनलाई मतगणना स्थल बनाईने पनेरूले जानकारी दिए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया