२८ मुद्दाका ४० पक्राउ

चितवन : डिभिजन वन कार्यालय चितवनले चालू आर्थिक वर्षको चैत १० गतेसम्म विभिन्न मुद्दाका ४० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको छ । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार २८ वटा मुद्दामा उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाइएको हो । ती मुद्दामा संलग्न रहेकामध्ये १० जना फरार रहेको उहाँले जानकारी दिए ।
वन्यजन्तुसम्बन्धी मुद्दा दुई र वन पैदावारसम्बन्धी २६ मुद्दा दर्ता भएको उनले बताए । पक्राउ परेकाबाट १६ सवारीसाधन, ८४४ दशमलव २९ क्युफिट काठ बरामद गरिएको छ ।
सवारीसाधनमा बोलेरो, अटो, मोटरसाइकल, रिक्सा बरामद भएका छन् । सोही अवधिमा एक हजार १०३ दशमलव ५७ क्यूफिट काठ बेबारिसे अवस्थामा भेटिएको खनालले बताए । यसै समयमा ३५ वटा जङ्गली जनावरको उद्धार गरिएको छ भने ४२ वटाको व्यवस्थापन गरिएको छ । उद्धार गरिएका जनावरमा चित्तल, गोही, अजिङ्गर, रतुवा, हुचिल जस्ता रहेका छन् । मृत अवस्थामा भेटिएका पाटेबाघ, चित्तल, बँदेलको व्यवस्थापन गरिएको उहाँले जानकारी दिए । राष्ट्रिय वन क्षेत्रमा घाइते अवस्थामा भेटिएका जनावारको उद्धार गरिएको हो । रासस

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया