बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

कतारमा पनि कोभिड-१९ को संक्रमण बढ्दो

दोहा : कतारमा पनि कोभिड-१९ का संक्रमितहरू बढिरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड-१९ का संक्रमितहरू बढेको बताइएको छ । 

यहाँका स्वास्थ्य अधिकारीहरूकाअनुसार कतारको राजधानी दोहामा यसका संक्रमितहरू बढी मात्रामा देखिएका छन् । शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ । 

यहाँ यो समेत गरी १ लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ । यहाँका २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ । यहाँका चिकित्सकहरूले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन् । कतारमा कोभिडविरुद्धको खोप लगाउने कार्यलाई तीब्रता दिइएको छ । यसरी यहाँका कम्तीमा पनि सात लाख मानिसलाई यो खोप दिइएको समाचारमा जनाइएको छ । रासस