अमेरिकामा शुक्रबार आएको आँधीबाट ६ जनाको मृत्यु

अमेरिका : संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि छ जनाको ज्यान गएको बताइएको छ । अमेरिकाको दक्षिणी क्षेत्रमा यस्तो आँधी आएको बताइएको छ ।
यसबाट यहाँको ठूलो क्षेत्रका नागरिकहरु प्रभावित भएका पनि बताइएको समाचारमा जनाइएको छ । अलाबामामा आँधीमा परेर पाँच जनाको ज्यान गएको छ र अरु केही व्यक्ति घाइते पनि भएका छन् ।
यसबाट यस क्षेत्रका धेरै नागरिक प्रभावित पनि भएका बताएको छ । यस आँधीबाट यहाँका कैयौँ घरमा क्षति पुगेको छ । केही घर आँधीले भत्काइदिएको छ ।
त्यस्तै अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ । अलाबामामा शुक्रबार बिहान आएको आँधीले यहाँको ३८ हजारभन्दा बढी घर विद्युतीकरणबाट वञ्चित भएका छन् भने ठूलो जनसंख्यालाई प्रभावित पारेको बताइएको छ ।
त्यसैगरी दक्षिणी न्युन्यान्समा पनि आँधीबाट एकजनाको ज्यान गएको छ । त्यस क्षेत्रमा बिहीबार रातिदेखि नै टोर्नाडो आएको थियो । यी दुई क्षेत्रमा आँधी आउने सम्भावना अझै पनि रहेकोले सतर्क रहन भनिएको छ ।
यहाँको सरकारले ती क्षेत्रका नागरिकलाई घरबाहिर ननिस्किन भनेको छ भने उद्धार र सहयोगका लागि आवश्यक तयारी गरिरहेको बताएको छ । (सिन्ह्वा)

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया