एमाले वडाध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा, मौन अवधिमा पैसा बाँडेको आरोप

लमजुङ- मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
बेसीशहर नगरपालिका-११ रामचोक बेसीको वस्तीमा पैसा बाँडेको भन्दै स्थानीय शिव सेढाईको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिएको हो ।
जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, झोला, मोटरसाइकलको चाबी, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा लिइएको स्थानीय अनिता सेढाईले बताइन् ।
जाेशीविरुद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने तयारी भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घटनाबारे बुझ्न प्रहरीलाई भनिएको छ ।

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया