यस्तो छ कर्णालीमा निर्वाचनको तयारी

सुर्खेत– कर्णाली प्रदेशमा निर्वाचनको तयारी पूरा भएको छ । १० जिल्ला रहेको कर्णालीका ७९ वटै स्थानीय तहका निर्वाचन कार्यालयहरूमा मतदान अधिकृत पुग्नेदेखि सुरक्षाकर्मी परिचालन गर्ने काम सम्पन्न भएको छ । परिचालन गरिएका कर्मचारी तथा सुरक्षाकर्मीहरु मतदानस्थलमा खटिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
प्रदेशभर एक हजार ३ सय ८५ मतदान केन्द्र र ९ सय ७ मतदान स्थल रहेका छन् । यी मध्ये दुई सय ९८ मतदान स्थल अति संवेदनशील, ४ सय ११ संवेदनशील र एक सय ९८ वटा मतदानस्थल सामान्य रहेका छन् । प्रदेशभर पाँच हजार बढी प्रहरी, ७ हजार सात सय म्यादी प्रहरी निर्वाचनको सुरक्षाका लागि परिचालन गरिएको छ ।
तोडफोड र झडपका घटनाहरु बढी भएका जिल्लाहरुमा सुरक्षाकर्मी बढाइएको छ । हरेक जिल्लामा प्रहरी, म्यादी प्रहरी, सेना लगायत एक हजार चार सयदेखि एक हजार सात सयसम्मको हाराहारीमा सुरक्षाकर्मीहरु परिचालित गरिएको छ । झडप र तोडफोडका घटना बढी भएकाले रुकुमपश्चिम, सल्यान र मुगुलगायतका जिल्लाहरुमा थप सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।
कर्णालीका हिमाली जिल्लाहरुमा भने भौगोलिक विकटताका कारण आजसम्ममा केही स्थानमा मतदान अधिकृत र सुरक्षाकर्मी पुगिसक्ने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । भौगोलिक विकटताका कारण जिल्ला सदरमुकामबाट हिँडेर पैदल जानुपर्ने भएकाले दुई दिनअघि देखिनै सुरक्षा अधिकारीको टोली मतदान स्थलतर्फ लागिसकेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया