पैसा बाँडेको आरोप लागेकी मेयर उम्मेदवारकी श्रीमतीको स्पष्टोक्ति : बिरामी भेट्न पुगेको थिएँ

बुटवल । मौन अवधिमा सकुम्बासी बस्तीमा पुगेकी एमालेबाट बुटवलको मेयर पदका उम्मेद्वार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईले विरामी भेट्न गएको बताएका छिन् । उनले आफू मतदाता प्रभावित गर्न नभई आफन्त बिरामी भएकाले भेट्न पुगेको बताईन् ।
घटनापछि प्रहरीले सचेत बनाएर छाडे लगत्तै उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो अधिकार हनन् गरिएको आरोप समेत लगाएकी छिन् । उनले स्थानीय कांग्रेसका कार्यकर्ताहरुले बिरामी भेट्न बुटवल ११ टप मजुवामा पुगेको वेला घर घेरा हालेर आफ्नो चरित्र हत्या गर्न खोजेको बताईन् ।
उनले आज दिउँसो ३ बजेको समयमा बुटवल ११ मजुवामा सिर्जना भुसालको घरमा लुकिछिपी बसेको अवस्थामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो ।
मतदातालाई प्रलोभनमा पार्न मौन अवधिमा सुकुमबासीका घर घरमा मेयर भट्टराईकी श्रीमती पुगेको स्थानीय लक्ष्मण मल्लले बताए । प्रहरीले घरमा खानतलासीसमेत गरेको थियो । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार भट्टराई बसेको घरमा कुनै रकम भने नभेटिएको बताएको छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया