चार महिनाम एक लाख ३७ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं – कोरोना महामारीको जोखिम घटेसँगै नेपाल भित्रने पर्यटकको संख्या बढ्न थालेको छ ।
अध्यागमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको पहिलो चार महिनामा विभिन्न देशबाट नेपालमा कुल १ लाख ३७ हजार ९५ जना पर्यटक आएका छन् ।
जनवरीमा १६ हजार ९७५, फेव्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६ जना र अप्रिलमा ५८ हजार ३४८ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ ।
कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्वर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो ।
कोरोना महामारी विश्वभर फैलिए पछि यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनले पर्यटकको आवतजावत प्राय ठप्प भएको थियो ।
अघिल्लो वर्ष सन् २०२१ को पहिलो चार महिनामा नेपालमा मात्र ५५ हजार ४४७ जना पर्यटक भित्रिएका थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटन आउने संख्या उल्लेख्य रुपमा बढेको विभागको तथ्याङ्कले देखाउँछ ।

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य गर्न सुदृढ गरिने

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा …

चालु आर्थिक वर्षमा स्रोत नखुलेको तीन करोड ४६ लाख रूपैयाँ बरामद

ग्लोबलको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क, कसरी लि…
पैचो नेशलन सेल्स समिट सकियो , ग्रामिण उत्पादनलाई बजारिकरणमा जोड

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

आईएमई हस्पिटालिटीका होटलहरूमा एससिटी-युपिआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

प्रतिक्रिया