सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं - इलाम र सर्लाहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
इलामको इलाम नगरपालिका–९ गोलाखर्क भञ्ज्याङस्थित सडकमा ना.४ ख ५६६९ नम्बरको ट्रकले मे.१ प ६२४४ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–९ शेरा डेरा गरी बस्ने पाँचथर याङरुप गाउँपालिका–४ घर भएका ३५ वर्षीय धन बहादुर राई रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इलामतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै, सर्लाहीको बसवरिया गाउँपालिका–४ स्थित सडकमा ना.३ त ३७१३ नम्बरको ट्रयाक्टर बुधबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने शम्भु भण्डारीको छोरा १० वर्षीय राजु भण्डारी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया