बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

नेप्से ५६ अंकले बढ्दा ८ कम्पनीको मूल्यमा सर्किट ब्रेकर

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्से बुधबारको कारोबारमा उल्लेख्य सुधार भएको छ। साताको चौथो कारोबारमा सेयर बजार ५६.०६ अंकले बढेको हो ।  निरन्तर ओरालो लागेको बजार यस साताको पहिलो कारोबार देखिनै सुधार देखिएको छ। ५६ अंकले बजार बढ्दा बजार मापक परिसूचक २३६९.०६ अंकमा उक्लिएको छ। बुधबारको कारोबारमा सेयर बजार मापक परिसूचक २.४२ प्रतिशतले बढेको छ भने 'क' वर्गका कम्पनीहरूको सेयर मूल्य मापक परिसूचक ९.५२ अंकले बढेर ४५६.६६ अंकमा उक्लिएको छ।  

परिसूचक

हाल

परिवर्तन

   प्रतिशतमा

नेप्से

2,369.06

56.06

2.42  

सेन्सेटिभ

456.66

9.52

2.13  

फ्लोट

162.21

3.98

2.51  

सेन्सेटिभ फ्लोट

146.47

3.45

2.41  

 

आज कारोबार भएका २ सय २९ कम्पनीहरू १ सय ९२ ओटा कम्पनीको सेयर उकालो लागेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ। बजार बढ्दा बुधबारको कारोबारमा कारोबार रकम पनि बढेको छ। अघिल्लो दिनको कारोबारमा १ अर्ब ३९ करोडको कारोबार भएको बजारमा आज २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७ सय ४३ रूपैयाँ बराबरको ५३ लाख ३३ हजार १ सय ९ कित्ता सेयर ३७ हजार ७ सय ७० पटक कारोबार भएको छ।

५६ अंकले परिसूचक बढ्दा ८ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । नेशनल हाइड्रो, नेपाल फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट, राँधि विद्युत, युनिभर्सल पावर, जाल्पा सामुदायिक लघुवित्त, गणपति लघुवित्त, युनियन हाइड्रोपावरको सेयर मूल्य सर्किट ब्रेकर लागेको छ।

आजको कारोबारमा उप-समूहहरूमा सबै समूहको सेयर मूल्य बढेको छ ।

उप-समूह

हाल

परिवर्तन

प्रतिशतमा

Banking

1,592.88

23.37

1.49  

Trading

2,095.56

21.15

1.02  

Hotels And Tourism

3,024.57

52.79

1.78  

Development Bank

4,168.88

150.73

3.75  

HydroPower

2,755.04

130.34

4.97  

Finance

1,781.43

74.2

4.35  

Non Life Insurance

10,441.72

243.74

2.39  

Manu.& Pro.

5,494.08

70.02

1.29  

Others

1,811.40

31.77

1.79  

Microfinance

4,878.51

153.89

3.26  

Life Insurance

12,154.83

217.17

1.82  

Mutual Fund

15.59

0.13

0.83  

Investment

78.10

2.27