कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै छर्न समस्या

जाजरकोट- समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम र डोल्पाका किसानले मकै छर्न पाएका छैनन् ।
यहाँका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।
काठमाडौँ उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्तो वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेको छैन ।
नलगाड-८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै छरीसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलो भएको बताए ।
यहाँका किसानले धानको बीउ राख्न सुरु गरे पनि सिंचाइको अभाव रहेको छ । वर्षा हुन नसकेको र सिंचाइको सुविधा नभएकाले धानको बीउ राख्न पनि समस्या भइरहेको उनले बताए ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया