सौगात–दयाको रोजाइ : रिलिजका फिल्मको प्रचार छोडी सुटिङ

काठमाडौँ - ‘कबड्डी ४’ रिलिजका अब धेरै समय छैन । चुनाव र मत परिणामप्रति जनताको चासोको समय कटाउने हो भने यो फिल्मको प्रचार गर्ने समय एक हप्ता पनि छैन । तर यो फिल्मका मुख्य कलाकार दयाहाङ राई र सौगात मल्ल त्यही एक हप्ताका लागि निर्माण टिमसँग हुन्छन् कि हुन्नन् टुंगो छैन ।
नेपालमा फिल्म बनाउन भन्दा पनि चलाउन चुनौतीपूर्ण हुँदै गएको छ । शुक्रबार रिलिज भएका फिल्म आइतबारदेखि नै हलबाट उत्रन थालेका छन् । तर फिल्मका कलाकार भने थाहै नभए जस्तो गरी एक पछि अर्को फिल्म साइन गर्दै बसेका छन् ।
जस्तो कि ‘मन्त्र’ रिलिजको समयमा सौगात मल्ल ‘२ नम्बरी’को सुटिङमा हिँडिदिए । निर्माण टिमले बल्ल बल्ल प्रिमियरका लागि पोखराबाट उनलाई झिकायो । भोलिपल्टै सौगात पोखरा फर्किए ।
यही अवस्था दयाहाङको पनि छ । ‘गाउँ आएको बाटो’को सुटिङका कारण ‘२ नम्बरी’ भनेको बेलामा सुटिङमा जान पाएन । अब ‘२ नम्बरी’को सुटिङ भइरहँदा ‘कबड्डी ४’को प्रचार ठप्प छ । दयाहाङले फेसबुकमा विदेशतिर हुने सोको प्रचार गरिरहेका छन् तर विदेशको प्रदर्शन नेपालको बक्स अफिसमा निर्भर रहने गरेको छ । नेपालमा राम्रो चल्यो, विदेशतिर पनि सो चल्यो हैन भने चलेन । तर दयाहाङ र सौगात दुवैलाई यो फिल्म प्रचार गर्ने फुर्सद छैन ।
‘२ नम्बरी’को सुटिङ केही दिनमा सकिँदैछ तर दयालाई ‘के घर के डेरा’को टिम पर्खेर बसिरहेको छ । यो फिल्म जेठ २ गतेबाट फ्लोरमा जाँदैछ अर्थात् दया काठमाडौँ आएर पनि ‘कबड्डी ४’ को प्रचारमा लाग्न समय पाउनेछैनन किनकि ‘के घर के डेरा’को टिम उनलाई पर्खेर बसेको छ । यता सौगातको पनि त्यही अवस्था छ ।
हलमा लागेका फिल्म दुई दिनमै उत्रिरहेको समयमा टिकाउन मद्दत गर्नु कलाकारको पहिलो कर्तव्य हो । तर कलाकार भने पैसा लिएर एक पछि अर्को फिल्ममा कुद्नमा रमाइलो मानिरहेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया