कर्ण मल्लको दाबी- देउवाले मतदाता किन्न ०२७८–५६३९ नम्बरको गाडीमा करोडौं पैसा ल्याए
'मलाई कतैबाट सूचना आयो, त्यहीअनुसार भनेको हुँ'
काठमाडौँ - नेपाली कांग्रेस बीपीमार्फत डडेल्धुरामा चुनावी अभियान चलाइरहेका कर्णबहादुर मल्लले डडेल्धुरामा मतदाता किन्न करोडौं रुपैयाँ ल्याइएको दाबी गरेका छन् । सोमबार राति डडेल्धुरामा आयोजित चुनावी सभामा बोल्दै कांग्रेसका दुई कार्यकाल जिल्ला सभापति भइसकेका मल्लले मतदातालाई प्रभावित गर्न धनगढीबाट करोडौँ रुपैयाँ आएको दाबी गरेका हुन् ।
'यहाँका मतदातालाई पैसामा किन्नको लागि आज(सोमबार)मात्र धनगढीबाट बागमती प्रदेशको ०२७८–५६३९ नम्बरको गाडीमा करोडौं रुपैयाँ आएको छ,' उनले भनेका छन्, 'म चुनौतीका साथ भन्न चाहन्छु । शेरबहादुर देउवाजीले रुखका उम्मेदवारलाई मतदान गर्नका लागि करोडौं पैसा लिएर आउनुभएको छ । त्यो पैसा विद्युत–सडकका कुनै कर्मचारीको घरमा राखिएको छ ।'
उनले अब हरेक जनताले प्रश्न गर्नुपर्ने उनको भनाइ छ । 'अब हरेक जनताले प्रश्न गर्नुहोला र रुखका उम्मेदवार साथीले पनि गएर यहाँ मेरो हिस्सामा आएको पैसा कति पर्छ भनेर,' उनले भने, 'हिस्सा लिनुस् । सच्चा प्रजातन्त्रवादीहरूले चोक–चोकमा सार्वजनिक गर्नुस् । सच्चा कांग्रेस हो भने चोक–चोकमा सार्वजनिक गर्नुस् ।'
धनगढीबाट पैसा आएको सूचना पाएपछि आफूले सार्वजनिक गरेको उनले बताए । आफूलाई आएको सूचना पक्का भएको उनले इकागजलाई बताए । 'मलाई कतैबाट सूचना आयो, त्यहीअनुसार मैले भनेको हो,' इकागजसँग उनले भने, 'सूचना एकदम पक्का हो ।'
नेपाली कांग्रेसबाट निष्कासित मल्लले कांग्रेस बीपीमार्फत डडेल्धुरामा चुनावी अभियान चलाइरहेका छन् । कांग्रेस महाधिवेशनबाट सभापति शेरबहादुर देउवासँग असन्तुष्ट उनले यसअघि समानान्तर गतिविध गर्दै आएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा सोमबारदेखि डडेल्धुरामै छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया