शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

कञ्चनजङ्घाको शिखरमा पुग्‍ने पहिलो अरबी नागरिक बनिन् कतारी राजकुमारी

काठमाडौँ- कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८ हजार ५ सय ८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमानाबीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन् ।

आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताएकी हुन् । उनले आफ्नो पोष्टमा लेखेकी छन् 'म केहि दिन विरामी परेकी थिएँ त्येसैले आँटेको हिमाल चढ्न सक्दिन की झैं लागेको थियो । तर, जम्मा दुई दिनमै भव्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।’

उनले आफ्नो पोष्टमा भनेकी छन् हिमाल चढ्न सहज थिएन र यसले मलाइ अझै हिम्मत दिएको छ । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ । 

उनले आफ्नो सफलताका पछाडी बलियो टीमको साथ र सहयोग रहेको पनि उल्लेख गरेकी छन् । जसमा निम्स दाइलगायतका टीमले उनलाई शिखरमा पुग्‍न सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गरेकी छन् । 

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाइलगायतका टीमसँग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केहि समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ । यसअघि शेखा आश्माले सगरमाथा आरोहणको प्रयास गरेकी थिइन्, जुन सफल हुन सकेको थिएन ।