निर्वाचनको दिन कस्ता सवारीसाधनलाई पास चाहिँदैन ?

काठमाडौँ - बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा विभिन्न क्रियाकलाप गर्न पाइँदैन । शुक्रबार अत्यावश्यकीय सवारीबाहेक सार्वजनिक सवारी चल्दैनन् । मिडियालगायतका सवारीलाई आयोगले पासको व्यवस्था गरेको छ ।
तर, अत्यावश्यकीय सवारीसाधनका लागि भने पास नचाहिने भएको छ । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, दमकल, दुरसञ्चार तथा केवल सेवा, शववाहन, स्वास्थ्यकर्मी आवागमन हुने साधनका लागि पास चाहिँदैन ।
त्यस्तै अस्पतालमा कार्यरत चिकित्सकले प्रयोग गर्ने सवारीसाधन, फोहोरमैला ढुवानी गर्ने साधन, तरकारी र फलफूल ओसार्ने साधन, विद्युत सेवा जस्ता अत्यावश्यक सवारीसाधन र सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारीसाधनलई निर्वाचनको दिन सवारी पास नचाहिने निर्वाचन आयोगले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया