श्रीलंका संकटः राजापाक्षे परिवारको घरमा आगजनी
कोलम्बो - राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् ।
प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउँसो पदबाट राजीनामा दिएका थिए ।
प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् । झडपमा सत्तारूढ दलका सांसदको मृत्यु भएको छ । झडपमा सांसद अमरकिर्थी अथुकोरालाको मृत्यु भएको हो ।

अटोपायलटले काम नगरेपछि मस्कमाथि करोडौं डलर जरिवाना हुन सक्ने

इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

वार्ता पुनः सुरु हुनअघि अमेरिकाले थप आक्रमण नगर्ने आश्वासन दिनुपर्छ : इरान
चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम…

जलवायु सङ्कटले जीवनको अधिकारमा गम्भीर असर पार्दै : संयुक्त राष्ट्रसंघ

जापानको औद्योगिक उत्पादनमा उल्लेखनीय सुधार

प्रतिक्रिया