कांगेस नेता जोशीको निधन

काठमाडौँः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । फागुन १३ गते मस्तिष्कघात भएर उपचाररत जोशीको आज चैत १३ गते शुक्रबार निधन भएको हो ।
अस्पतालले राती ८ः२४ बजे निधन भएको जानकारी दिएको स्वकीय सचिव पुष्करराज पाण्डेले इकागजलाई जानकारी दिए । 'चिकित्सकहरूले हामीलाई ८:२४ बजे निधन भएकाे खबर दिए' उनले भने । जोशीलाई फागुन १३ गते राती स्वास्थ्यमा समस्या देखिएपछि परिवारले वीर अस्पतालमा पुर्याएका थिए । परिक्षणका क्रममा उनको मस्तिष्कमा रगत जमेको भन्दै वीर अस्पतालले तत्कालै नर्भिकमा रेफर गरेको थियो ।
नर्भिकमा उपचारको एकसातापछि जोशीको स्वास्थ्यमा सुधार आइ उनलाई भेन्टिलेटर बाहिर पनि राखिएको थियो । तर लगत्तै उनको स्वास्थ्यमा पुनः जटिलता आएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

प्रतिक्रिया