बागमती गोल्डकपः उद्घाटन खेलमा नव जनजागृती युवा क्लब विजयी

हेटौंडा : मकवानपुरको बागमती गाउ“पालिकामा शुक्रबारबाट चौँथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले खेलको उद्घाटन गरे ।
उद्घाटन खेलमा ३-१ गोलअन्तरले नव जनजागृती युवा क्लबले आयोजक बागमती खेलकुद विकास समितिलाई पराजित ग¥यो । खेलको दोस्रो हाफमा नव जनजागृती युवा क्लबका एलन राईले २ गोल र सुसान्त थिङले १ गोल गरेका थिए । आयोजकको तर्फबाट खेलाडी उमेश लोप्चनले दोस्रो हाफमा १ गोल गरेपनि खेललाई बराबरीमा ल्याउन सकेनन् ।
खेलको म्यान अफ दी म्याच एलन राई घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । अब नवजनजागृती युवा क्लबले चैत्र १८ गते जाउलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दश टिम सहभागि प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया