‘सिटीसी मल’ लिलामी गर्न कोषले निकाल्यो सूचना

काठमाडौँ - कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी हुने भएको छ ।
कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागमा २०६४ असोज ९ मा दर्ता भएको सिभिल इस्टेट्रस प्रालिले कोषको ऋणको साँवा तथा ब्याज भुक्तानी नगरेको पाइएको छ ।
काठमाडौँ महानगरपालिका ११ सुन्धारामा रहेको ६ रोपनी जग्गामा निर्माण भएको ८२ हजार ९५ वर्गफिट बराबरको पसल कबल लिलामीका लागि सूचना प्रकाशित गरिएको हो । कोषले ३५ दिने सूचना प्रकाशित गरी इच्छुक बोलपत्रदातालाई आवेदन दिन आग्रह गरेको हो ।
कोषले कर्जा लिने ऋणीले म्यादभित्र कर्जा चुक्ता नगरी ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्था उल्लङ्घन गरेको पाइएकाले लिलामीको सूचनामा स्पष्ट पारिएको छ । पसल तथा कबलको विस्तृत जानकारी कोषमा सम्पर्क राखी प्राप्त गर्ने सकिनेछ ।
बोलपत्रदाताले आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशतले हुन आउने रकम धरौटीबापतको रकम नेपाल इन्भेस्टमेन्ट बैंक पुल्चोकमा रहेको कोषको चल्ती खातामा जम्मा गर्न आग्रह गरिएको छ ।
कोषको सञ्चालकमा तामाङसहित केशवलाल श्रेष्ठ र प्रवीण मुखिया छन् । कोषको ऋण लिँदा व्यक्तिगत जमानीका रुपमा लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रवीणप्रसाद प्रधान र सुमननन्दन वैद्य छन् । रासस

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा …

चालु आर्थिक वर्षमा स्रोत नखुलेको तीन करोड ४६ लाख रूपैयाँ बरामद

ग्लोबलको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क, कसरी लि…
पैचो नेशलन सेल्स समिट सकियो , ग्रामिण उत्पादनलाई बजारिकरणमा जोड

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

आईएमई हस्पिटालिटीका होटलहरूमा एससिटी-युपिआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

सुनको मूल्य बढ्यो,कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया