दोहोरो अंकले बढ्यो नेप्से, १ कम्पनीको सेयरमा सर्किट ब्रेकर

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्से सोमबारको कारोबारमा दोहोरो अंकले बढेको छ। सोमबारको कारोबारमा सेयर बजार १२.२७ अंकले बढेको हो । निरन्तर ओरालो लागेको बजार साताको पहिलो कारोबारको दिन आइतबारको कारोबारमा पनि १८ अंक बढेको थियो।
आइतबार १८ अंकले सुधार देखिँदा बजार परिसूचक २२५६.५७ उक्लिएको बजार सोमबार १२ अंक बढेर २२६८.८४ अंकमा उक्लिएको छ।
सोमबार निकै उतारचढावबीच अन्त्यमा बजार परिसूचक सकारात्मकतातर्फ अगाडि बढेको थियो।
सोमबारको कारोबारमा सेयर बजार मापक परिसूचक ०.५४ प्रतिशतले बढेको छ भने 'क' वर्गका कम्पनीहरूको सेयर मूल्य मापक परिसूचक ३.१२ अंकले बढेर ४३९.४७ अंकमा उक्लिएको छ।
आज कारोबार भएका २ सय २२ कम्पनीहरू १ सय १४ ओटा कम्पनीको सेयर उकालो लागेको छ भने ७१ कम्पनीको सेयर मूल्य घटेको छ।
अघिल्लो दिनको कारोबारमा १ अर्ब ३२ करोडको कारोबार भएको बजारमा सोमबार भने सामान्य बढोत्तरी भएको छ। सोमबार १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७ सय २ रूपैयाँ बराबरको ३३ लाख २४ हजार ८ सय २२ कित्ता सेयर २८ हजार ६ सय ७५ पटक कारोबार भएको छ।
१२ अंकले परिसूचक बढ्दा १ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेर १६७ बढ्दै १८३९.८० मा उक्लिएको छ।
अन्य बढी कारोबार हुने कम्पनीहरूमा महुली लघुवित्त, उन्नती सहकार्य लघुवित्त, सानिमा लार्ज क्याप, आरएसडीसी लघुवित्त लगायतका कम्पनी रहेका छन्।
उप-समूहहरू मध्ये आइतबारको कारोबार होटेल तथा पर्यटन, विकास बैंक, लाइफ इन्स्योरेन्स तथा लगानीको सेयर मूल्य घटेको छ।
उप-समूह |
हाल |
परिवर्तन |
प्रतिशतमा |
---|---|---|---|
Banking |
1,546.96 |
14.76 |
0.96 |
Trading |
2,060.00 |
35.22 |
1.74 |
Hotels And Tourism |
2,927.35 |
25.85 |
0.88 |
Development Bank |
3,914.55 |
20.91 |
0.53 |
HydroPower |
2,528.69 |
12.53 |
0.5 |
Finance |
1,653.14 |
1.66 |
0.1 |
Non Life Insurance |
10,073.93 |
57.03 |
0.57 |
Manu.& Pro. |
5,361.10 |
27.19 |
0.51 |
Others |
1,744.52 |
5.91 |
0.34 |
Microfinance |
4,638.12 |
60.75 |
1.33 |
Life Insurance |
11,700.84 |
82.12 |
0.7 |
Mutual Fund |
15.41 |
0.08 |
0.55 |
Investment |
74.13 |
0.07 |
0.09 |

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया