देउवा पत्नीलाई लक्षित गरी ओलीले भने- 'बजेट पठाउँदिन भन्न तिनको माइतीको पेवा हो'

पोखरा – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासका लागि पठाइने बजेट कसैले रोक्न नसक्ने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले बजेट पठाउँदिन भन्नलाई कसैको पेवा नभएको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले कांग्रेसले नजित्ने क्षेत्रमा बजेट नपठाउने बताएकी थिइन् । त्यसको प्रतिवाद गर्दै ओलीले भने, ‘विकासका लागि बजेट पठाउँदिन भन्ने तिनको माइतीको पेवा हो ? हामीले नजितेका क्षेत्रमा बजेट दिदैंनौँ भन्न पाइन्छ ?’
केही दिन डडेल्धुरामा आयोजित चुनावीसभामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीपत्नी आरजुले कांग्रेस नजित्ने क्षेत्रमा बजेट दिन नसकिने बताएकी थिइन् । ओलीले विकास बजेट कसैले पनि रोक्न नसक्ने बताएका हुन् ।

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया