नेपाल र रावलमाथिको कारबाही केन्द्रीय कमिटीले तय गर्ने

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलमाथिको कारबाही केन्द्रीय कमिटीले तय गर्ने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले दुबै नेताको स्पष्टिकरण कारवाहीको भागिदार योग्य रहेका बताएका हुन् ।
संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावलको जवाफ कारबाहीको भागिदार योग्य भएको बताउँदै कारबाही कुन प्रकृतिको हुन्छ भन्ने विषय केन्द्रीय कमिटीको बैठकबाट तय हुनेसमेत बताएका छन् । फागुन २३ को अदालतको फैसलापछि केही सांसदहरु अनुपस्थित हुँदै आएकोमा शुक्रबारको बैठकमा सहभागी हुनु सकारात्मक भएको भट्टराईले बताए ।
बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट निर्माणको बारेमा सांसदहरुको सुझाव माग गरेकोसमेत उनले बताए । बैठकमा नेपाल समूहका नेता घनश्याम भुसाल र योगेश भट्टराईले ओलीले नै एकताको प्रयास गर्नुपर्ने धारणा राख्दै २८ गतेका निर्णय फिर्ता लिनुपर्ने माग गरे पनि ओलीले भने निर्णय फिर्ता हुनै नसक्ने बताएको भट्टराईले जानकारी दिए । संसदीय दलको विधान भने संशोधन गर्न सकिने ओलीको धारणा रहेको भट्टराईले बताए ।
बैठकपछि योगेश भट्टराईले फागुन २३ को अदालतको फैसलापछि पार्टीलाई पूर्ववत अवस्थामा फर्काइएको अवस्थामा २०७५ जेष्ठ दुई गतेको अवस्थामा फर्केकाले त्यहीबाट नै पार्टी अघि बढ्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै संयम र धैर्यका साथ एमालेलाई अघि बढाउनुपर्नेमा आफुहरुको धारणा रहेको उनले बताए ।
बैठकमा एमाले बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको सांगठनक संरचनामा फर्किन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । शुक्रबारका बैठकमा एमालेका असन्तुष्ट पक्षहरु पनि सहभागी भएका थिए ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

प्रतिक्रिया