अमेरिकी डलरको तुलनामा भारु अहिलेसम्मकै कमजोर, प्रति डलर विनिमय ७७.४६ रुपैयाँ

काठमाडौँ– अमेरिकी डलरको तुलनामा सोमबार भारु अहिलेसम्मकै कमजोर बनेको छ । एक अमेरिकी डलर बराबर भारुको विनिमय दर ७७ रुपैयाँ ४६ पैसा रहेको छ । चीनमा पुनः लकडाउनले विश्व अर्थतन्त्रको विस्तारको गति धीमा हुने आशंका र केन्द्रीय बैंकहरूले संकट निवारणका लागि कसिलो नीति अबलम्बनसँगै धारतमा सेयर बजारमा पनि गिरावट आएको छ ।
भारतमा विदेशी संस्थागत लगानीकर्ता पनि सेयर बिक्रीको मुडमा देखिएका छन् । बिहीबार बाह्य संस्थागत लगानीकर्ताले २० अर्ब ७४ करोड ७४ लाख रुपैयाँको सेयर बिक्री गरेको बताइएको छ ।
विदेशी मुद्राको निरन्तर बाह्य प्रवाह (आउटफ्लो) र कच्चा तेलको मूल्यमा उछालका कारण शुक्रबार पनि डलरको तुलनामा भारुको विनिमय दरमा तीव्र गिरावट आएको थियो । शुक्रबार भारतीय रुपैयाँको डलरसँगको विनिमयदर ५७ पैसाले ओरालो लागेर ७६ रुपैयाँ ९२ पैसा पुगेको थियो ।
भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रहेको छ ।

ग्लोबलको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क, कसरी लि…
पैचो नेशलन सेल्स समिट सकियो , ग्रामिण उत्पादनलाई बजारिकरणमा जोड

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

आईएमई हस्पिटालिटीका होटलहरूमा एससिटी-युपिआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

सुनको मूल्य बढ्यो,कतिमा कारोबार हुँदैछ ?

भन्सार छलेर भित्र्याइएका सामान बरामद

प्रतिक्रिया