संसदीय समितिको निर्देशन : नारायणघाट–बुटवल सडकको काम समयमै सक्नू

काठमाडौँ : प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको काम तोकिएको समयमा सम्पन्न हुनेगरी कार्य अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उक्त सडक खण्ड आयोजनाको काम पूर्वतयारी बिना अगाडि बढाइएको तथा न्यून क्षमताका निर्माण व्यवसायीबाट काम भइरहेको निष्कर्ष निकालेको हो ।
उक्त आयोजना समयमा सम्पन्न हुन नसक्दा यात्रुले अनावश्यक रुपमा सास्ती बेहोर्नु परिरहेकाले समितिको ठहर छ । त्यस्तै बैठकले नेपालमा संचालनमा रहेका आयोजनाहरुको होडिङ बोर्ड लगायतका डकुमेन्टहरू अंग्रजी भाषामा हुँदा आम नागरिकले नबुझ्ने भएकाले नेपाली भाषामा लेख्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिए ।
समितिले समितिमा रहेका सांसद र कर्मचारीले निकट समयमा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै बैठकले विकासका उपयुक्त मोडेलका बारेमा पूर्वाधार विज्ञहरूसँग समितिले कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको पनि सभापति खड्काले जानकारी दिइन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया