शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

लडेर घाइते भएकी बिरामीको हवाई उद्धार

फाइल फोटो

रसुवा - दक्षिणी रसुवाको डाँडागाउँबाट एक बिरामीको हवाई उद्धार गरिको छ । यसरी उद्धार हुनेमा रसुवा जिल्ला उत्तरगया गाउँपालिका–२ कटुञ्जे निवासी ७० वर्षकी राधिका सापकोटा रहेकी छिन् ।

डाडागाउँ स्वास्थ्य चौकीका (सिअहेव छैटौँ–तह) स्वास्थ्यकर्मी विश्वराम देवकोटाका अनुसार आज बिहान लडेर घाइते भएकाले उनलाई काठमाडौँस्थित न्यूरो अस्पतालमा हेलिकप्टरबाट पठाइएको हो । 

भौगोलिक विकटता भएको उक्त क्षेत्रमा घाइते सापकोटाको स्वास्थ्यमा जटिलता बढेपछि स्वास्थ्यकर्मीको परामर्शमा उनका आफन्तजनले हेलिकप्टर झिकाएको बताइएको छ ।

जटिल अवस्थाको बिरामी उद्धारका लागि हिमाली जिल्ला रसुवाका नागरिकले हेलिकप्टर रिजर्भ गर्नुपर्ने बाध्यता छ भने समयमै शुल्क बुझाए पनि हेलिकप्टर कम्पनीले अपराह्न मात्र उडान भरेको आफन्तले बताएका छन् ।रासस