सुन्दरीजलमा मेलम्चीका पूर्व हाकिमहरूको भेटघाट

काठमाडौँ : सुन्दरीजलमा मेलम्ची खानेपानी आयोजनासम्बद्ध पूर्व सचिव तथा आयोजनाका पूर्व कार्यकारी निर्देशकहरु आज शुक्रबार एकै ठाउँमा भेला भएका छन् ।
मेलम्ची खानेपानी विकास समितिले मेलम्चीसम्बद्ध पूर्व सचिव तथा कार्यकारी निर्देशकहरुको सुन्दरीजलमा भेटघाट गराएको हो । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी सुरुङमार्फत ल्याएर जम्मा हुने प्रशोधन केन्द्रमा खानेपानी मन्त्री मणि थापा, खानेपानी सचिव माधव बेलबासेसहित पूर्व हाकिमहरुको भेटघाट गराइएको हो ।मेलम्ची सुरु भएदेखि हालसम्म १९ जना सचिव र १३ जना कार्यकारी निर्देशकहरुले यस आयोजनामा योगदान गरेका छन् । भेटघाटमा अधिकांश पूर्व कार्यकारी निर्देशक उपस्थित थिए भने थोरै मात्र पूर्व सचिव सहभागी थिए ।
पूर्व अर्थ सचिव तथा मेलम्चीका तत्कालीन कार्यकारी निर्देशक सुमनप्रसाद शर्माका अनुसार सहभागीहरुले आ-आफ्नो कार्यकालमा भएका योगदानका स्मरण गरेका थिए । ‘मेलम्चीमा भएका विगतको कामको संक्षिप्त समीक्षा गरियो,’ पूर्व सचिव शर्माले शुक्रबार इकागजसँग भने, ‘सबै पूर्व सचिव तथा कार्यकारी निर्देशकहरुले आफ्नो पालामा भएका उल्लेखनीय प्रगति स्मरण गर्दै आगामी दिनमा कसरी अघि बढ्ने बारेमा छलफल भयो, आजको दिनमा मेलम्चीको नयाँ अध्याय सुरु भएको छ ।’
मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण कार्य गराउन योगदान रहेका पूर्वकार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले पनि कसको पालामा के-के काम भएका थिए तिनको समीक्षा भएको बताए । ‘थोक वितरण प्रणाली (बीडीएस) मा पानी हाल्ने अवसर पारेर हामीलाई बोलाइएको थियो,’ आचार्यले इकागजसँग भने, ‘हामीलाई पनि सहभागी गराउँदा पुराना दिनका कामहरुको समीक्षा भए ।’
भेटघाटमा पूर्व सचिवहरु तीर्थराज ज्ञवाली, ताना गौतम, पूर्ण कडरिया, किशोर थापा, कृष्णराज बीसी, तुलसी सिटौला सहभागी थिए ।त्यसैगरी पूर्व कार्यकारी निर्देशकहरुमा पोषणनाथ नेपाल, ध्रुबबहादुर श्रेष्ठ, राजकुमार मल्ल, हरिप्रसाद शर्मा, कृष्णप्रसाद आचार्य, घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र वर्तमान कार्यकारी निर्देशक तिरेश खत्री सहभागी थिए । मेलम्चीको पानी आगामी आइतबारदेखि काठमाडौं उपत्यकाका घरधुरीमा क्रमश: वितरण थालनी हुँदैछ ।

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

प्रतिक्रिया