‘निर्वाचन भयरहित, स्वच्छ, स्वतन्त्र एवं पारदर्शी बनाउनुपर्छ’

विराटनगर - निर्वाचनलाई मर्यादित र स्वतन्त्र र निष्पक्ष बनाउने उद्देश्यले मोरङका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि एकदिने प्रशिक्षण आजदेखि सुरु गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरद्वारा आयोजित सो प्रशिक्षणमा मोरङका १७ पालिकामा एक हजार ६५७ मतदान अधिकृत र सहायक मतदान अधिकृतको सहभागिता छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन भयरहित, स्वच्छ, स्वतन्त्र एवं पारदर्शी बनाउन सबैले आआफ्नो क्षेत्रबाट कार्य गर्न निर्देशन दिए । उनले शान्ति सुरक्षामा समस्या भए तत्काल निराकरण गरिने विश्वास दिलाए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले निर्वाचनमा शान्ति सुरक्षाको अवस्था सबल छ भन्दै नागरिकले भयमुक्त भई मतदान गर्न आग्रह गरे ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले मतदान केन्द्रका अधिकृतबाट कुनै पनि लापरबाही हुन नदिन, कार्यालय दिने तालिममा विशेष ध्यान दिन, मतपत्रको ठेली गन्तीमा घटबढ हुन नदिन र मत खसाल्न सहज वातावरण सिर्जन गर्नुपर्नेमा जोड दिए ।
तालिममा मोरङको उर्लावारी नगरपालिका, केराबारी गाउँपालिका, कानेपानी, मिक्लाजुङ्ग सुनवर्षी, लेटाङ, पथरी शनिश्चरे, बेलवारी, रतुवामाई, धनपालथान सुन्दरहरैच, रङ्गेली, ग्रामथान, जहदा, कटहरी, बुढीगङ्गा र विराटनगर महानगरपालिकामा खटिने अधिकृत र सहायक अधिकृतको पनि सहभागिता छ । रासस

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

प्रतिक्रिया