बैतडीको नेपाल–भारत सीमा नाका तीन दिन बन्द

बैतडी - वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाट नाका सोमबारदेखि बन्द हुने भएको हो । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते रात्रि १२ बजेदेखि वैशाख ३० गते रात्रि १२ बजेसम्म सीमा बन्द हुने भएको हो ।
सो अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने उनले बताए । भारतीय अधिकारीहरूसँग समन्वय गरेर नाका बन्द गर्न लागिएको हो । कुनै देशमा चुनाव हुँदा अन्तरराष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ । यसैबीच निर्वाचनलाई नै मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ ।
बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख, १० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३३६ वडा सदस्य गरी कूल ४४० पदका लागि निर्वाचन हुँदैछ ।
रासस

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया