वैशाख ३० गते खोप कार्यक्रम स्थगित हुने

काठमाडौँ - वैशाख ३० गते कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम सञ्चालन स्थगित हुने भएको छ । स्वास्थ्यकर्मीहरू स्थानीय निर्वाचनको मतदान स्थलमा परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरू मतदान कार्यक्रममा सहभागी हुने भएकाले अतिरिक्त तथा नियमित खोप कार्यक्रम नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
निर्वाचनको अघिल्लो र पछिल्लो दिनमा भने नियमित खोप कार्यक्रम सञ्चालन हुने मन्त्रालयले विज्ञप्ति जारी गरी उल्लेख गरेको छ ।
त्यसैगरी छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दै गएकाले नेपालमा जोखिम रहेको मन्त्रालयले बताएको छ । 'संक्रमण बढ्ने सम्भावना रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन अनुरोध गरिएको छ,' मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया