गायिका मिलन नेवारको ‘हाँस तिमी’ मा सृजना र सन्तोषको अभिनय

काठमाडौँ - गायिका मिलन नेवारको स्वर रहेको ‘हाँस तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार गीता गिरीको शब्द रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ भने गीतमा विसन मानन्धरले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । हेयर स्टाइलिस्ट समेत रहेका राई अभिनयमा विशेष रुचि राख्छन् ।
मोरगंका राई ६ वर्षदेखि बेलायतमा रहँदै आएका छन् । त्यस्तै मोडल सृजना निङ्लेखुले यसअघि ‘फूलहरु मगमग’, ुतिम्रो छाती भित्र मुटु चल्छ मेरोु लगायतका आधा दर्जन भिडियोमा बेलायत पुगेपछि अभिनय गरिसकेकी छिन् । रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सृजनालाई थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव संगालीसकेकी सृजना आफ्नो पछिल्लो कामको नजिता देखेर निकै खुशी छिन् ।
त्यस्तै गीतकार गिरीको यस अगाडि एलिना चौहानको स्वर रहेको हरु हेरुँ लाग्छ, रामकृष्ण ढकालको ‘ए पहरी फूल’ बजारमा ल्याइसेकी छिन् । जुन गीतले राम्रो चर्चा बटुल्न सफल भएका थिए । बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन रहेको छ । प्रवासबाट सर्वाधिक धेरै र स्तरिय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायांकन गरेका छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया