भविष्य सुनिश्चित नभएको भन्दै भारतबाट आएका गोलरक्षकले छाडे बन्द प्रशिक्षण

काठमाडौँ – भारतीय सेनामा कार्यरत गोलरक्षक भविन्द्र मल्ल ठकुरीले नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी नहुने बताएका छन् । ठकुरीले आफू विवादमा पर्न नचाहेको जनाउदै बन्द प्रशिक्षणमा सहभागी नहुने बताए ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भारतीय सेनाले विदेश जान अनुमति नदिएको, १० वर्षको रोजगारी गुमाउन नचाहेको तथा विवादमा पर्न नचाहेको भन्दै बन्द प्रशिक्षणमा सहभागी नहुने उल्लेख गरे ।
टिमका मुख्य १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि ठकुरी अघिल्लो साता राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि आएका थिए । त्यतिमात्र नभएर उनले नेपाली टिमका लागि अफ्रिकी खेलाडी सम्मिलित एभेनिर क्लबससँग अभ्यास खेल समेत खेलेका थिए ।
उनले दुई दिन फुटबल खेलपछि भविष्य के हुने कुनै सुनिश्चितता नभएको समेत उल्लेख गरेका छन् ।

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

प्रतिक्रिया