कञ्चनपुरको 'प्यारा ताल' भारतीय कब्जामा
नेपाल सरकार मौन

धनगढी : कञ्चनपुरको पुनर्वास नगरपालिका-९ बाम टोलका रामप्रशाद जैशीलाई प्यारा तालमा तत्कालीन जिल्ला विकास समितिले एक पक्षीय ठेक्का लगाएको अहिले पनि सम्झना छ । उनी भन्छन्, ‘०२८ सालदेखि यहाँ बस्दै आएको छौ । ०४१/०४२ सालसम्म माछा मार्नका लागि उक्त तालमा कञ्चनपुर जिल्ला विकास समितिले ठेक्का दिँदै आएको थियो । त्यसको केही बर्षपछि नेपाल–भारतको दोहोरो ठेक्का पनि थियो ।’
उनका अनुसार भारतीय पक्षले कब्जा जमाएपछि अहिले उक्त ताल क्षेत्रमा नेपाली नागरिकलाई जानसमेत भारतीय सुरक्षाकर्मीले रोक्ने गरेका छन् । पाँच किलोमिटर लम्बाई र ६० मिटर चौडाई भएको उक्त तालमाथि झण्डै दुई दशकदेखि नै भारतले दावी गर्दै आएको छ । पुनर्वास नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नारायणप्रसाद जैशीका अनुसार सशस्त्र द्धन्द्धका क्रममा सीमा क्षेत्रमा निगरानी नहुँदा प्यारा तालमाथि भारतले कब्जा जमाएको हो । उनी भन्छन्, ‘२०६१/०६२ मा संयुक्त सीमा सर्भे टोली खटिएको थियो । सोही टोलीले गरेको लापरवाहीका कारण प्यारा ताल भारतको कब्जामा पुगेको हो ।’
टोलीमा नेपालका तर्फबाट सर्वेक्षका रहेकाहरुले भारतमै डेरा बनाएर स्थलगत अध्ययन नगरी सीमा निर्धारण गरेको आरोप उनको छ । ‘ताल अहिले जलकुम्भीले पूरै ढाकेको छ,’ वडाध्यक्ष जैशी भन्छन्, ‘सफाई गर्न पटकपटक प्रयास गर्दै आएका छौ । तर भारतीय सुरक्षाकर्मीले अवरोध गर्दै आएका छन् ।’ उनले नेपाली भूभागमा हतियारसहित प्रवेश गर्ने भारतीय सुरक्षाकर्मीले स्थानीयलाई आफ्नै भूमीमा खेतीपातीसमेत गर्न दिएका छैनन् । उनका अनुसार १९५ नम्बरको जंगे पिल्लर प्यारा तालदेखि ६ सय मिटर टाढा भारततिर थियो । जो अहिले पनि ढलेको अवस्थामा छ । तर भारतीय पक्षले तालमात्र नभएर ताल वरको नेपाली भू-भागलाई पनि आफ्नो भएको भन्दै सुरक्षा निगरानीमा राखेको छ ।
एक साताअघि मात्रै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो नेतृत्वको टोली सो क्षेत्रमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारीसंगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख पनि त्यहाँ पुगेका थिए । तर स्थानीय वासिन्दाले भने अहिले पनि आफ्नै भूमीमा जान सकिने अवस्था नरहेको प्रतिक्रीया दिएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी महतोले भने विगतमा नेपालीले उपभोग गरेको भूमीको सुरक्षा गर्न स्थानीय प्रशासन तत्पर रहेको बताए । ‘विगतमा जिल्ला विकास समितिले ठेक्का लगाएको थियो भने अहिले स्थानीय तहले ठेक्का लगाउनुपर्छ,’ प्रमुख जिल्ला अधिकारी महतोले इकागजलाई भने, ‘हामी सुरक्षा व्यवस्था कडा बनाउन तयार छौ । ढुक्क भए हुन्छ ।’
तर पुनर्वास नगरपालिका वडा नं ९ का वडाध्यक्ष जैशीका अनुसार भारतीयले गुगल म्यापमा समेत नेपाली भूमिलाई आफ्नो देखाइसकेको छ । वडाअध्यक्ष जैशी भन्छन्, ‘हामीले ताल क्षेत्रको संरक्षणका लागि प्रयास नगरेका होइनौ । तर हतियारसहित भारतीय सुरक्षाकर्मीले निगरानी गरिरहेका हुन्छन् । आफ्नै भूमीमा नेपाली सुरक्षाकर्मीको उपस्थिती हुँदैन् । भारतीयको दादागिरीले भूमी जोगाउन समस्या भईरहेको छ ।’
भारतीय पक्षले नयाँ पिल्लर वरिपरि १० कट्ठा जमिनसमेत जोत्न दिएको छैन् भने पुनर्वास-९ कै राष्ट्रिय माविको १० बिघा जमिन पनि आफ्नो नक्सामा समेटेको छ । कञ्चनपुर जिल्लामा सीमा विवादले पटकपटक समस्या हुँदै आएको छ । सीमा रक्षाकै क्रममा पुनर्वासका गोविन्द गौतम सहिद भएका थिए । कैलाली–कञ्चनपुरमा सीमा विवाद समाधानका लागि तीन बर्ष अगाडि पनि दुई देशको संयुक्त सीमा सर्भे टोली खटिएको थियो । तर उक्त टोलीले पुनर्वास क्षेत्रको सीमा विवाद समाधान गर्न सकेको थिएन् ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_Pidfw26V0A_9ti5xu2hhiyxaa1hlkj6lhnasjdjythshohewzvk31hqru5shvekuwimngkq.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_UCythP7w3D_ilzk4dhag2tthz9c3wpbafp8jy9hdcbfofuucrvkg8ghn777pxwxh2jwcrnl.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया