शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध

काठमाडौँ - नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको ईच्छाकामना-६ तोपेखोला स्थित सडक खण्डमा सुख्खा पहिरोका कारण दुई  तर्फी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान सवा ४ बजे पहिरो पन्छाइ बाटो सुरु गरिए पनि पुन: पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीको भनाइ छ ।