निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक

रसुवा – रसुवामा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार यही वैशाख २७ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्न पाइने छैन । मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका २०७८ को दफा ६ (थ) बमोजिम पूर्ण निषेध गरिएको हो ।
उक्त कार्यलाई बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रसुवाले सूचना मार्फत जानकारी गराएको छ ।

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया