डोटीमा जिप दुर्घटना : एक जनाकाे अवस्था गम्भीर, दुई घाइते

डोटी – डोटीमा जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट दिपायलतर्फ आइरहेको शिलेश्वरी यातायातको से१ज ७८५ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दिपायल सिलगढी नगरपालिका-१ तिखाको माथिल्लो मोडमा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जिप दुर्घटना भएको हो ।
दुर्घटनामा २५ वर्षीय चालक रमेश दास सामान्य घाइते भएका छन् । जीपमा सवार आदर्श गाउँपालिका–२ भाडीकोटका २४ वर्षीय डिलबहादुर थापा गम्भीर घाइते भएका छन् ।
घाइते थापाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया