एमाले संसदीय दलको बैठकमा सहभागी हुने खनाल-नेपाल समूहको निर्णय

काठमाडौँ : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा खनाल-नेपाल समूह पनि सहभागी हुने भएको छ । शुक्रबार कलंकीमा बसेको खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको हो ।
एमाले संसदीय दलको बेठक शुक्रबार दिउँसो तीन बजे सिंहदरबारमा बस्दैछ । यसअघि पहिलो संसदीय दलको बैठक बहिष्कार गरेको खनाल-नेपाल समूहले दोस्रो बैठकमा सहभागी हुने निर्णय गरेको हो ।
‘आजको एमालेको संसदीय बैठकमा जाने निर्णय भएको छ’ बैठकपछि नेपाल समूहका नेता रघुजी पन्तले इकागजसँग भने, ‘नेकपा एमालेभित्र बसेर पार्टीलाई एकीकृत गर्न, गतिशील गर्न बैठकमा जाने निर्णय गरेका हौँ ।’ ओलीले माधव नेपालसहित चार जना नेतालाई स्पष्टीकरण समेत सोधेका थिए ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया