आयकर नतिर्ने कम्पनीका मालिक त्रियुगामा मेयरका उम्मेदवार
१४ फार्मलाई शूल्क तिर्न सार्वजनिक सूचना

काठमाडौँ - त्रियुगा नगरपालिकामा कांग्रेसबाट मेयर उम्मेदवार बनेका वसन्त कुमार बस्नेतको कम्पनी एपेक्स ईन्द्रेणी जेभीले कर नतिरहेको पाइएको छ । आन्तरिक राजस्व कार्यालय लहानले आयकर, मूल्य अभिवृद्धि कर तथा अन्त शूल्क नतिर्ने १४ फार्मलाई शूल्क तिर्न सूचना जारी गरेको छ । जसमा बस्नेतको कम्पनी एपेक्स ईन्द्रेणी जेभी समेत छ ।
बस्नेतको एपेक्स इन्द्रेणीको नामबाट कारोबार गर्दा मूल्य अभिवृद्धि कर भ्याट बक्यौता तिर्न बाँकी रहेको निर्वाचन आयोगमा उजुरी समेत परेको थियो। एपेक्स इन्द्रेणी जे.भी. प्रोप्राइटर बस्नेतले आन्तरिक राजस्व कार्यालय लहानमा कर चुक्ता गर्न बाँकी रहेकाले निजको उम्मेदवारी खारेजी गर्न माग गर्दै उजुरी परेको थियो ।
आन्तरिक राजस्व कार्यालय लहानले आयकर, मूल्य अभिवृद्धि कर तथा अन्त शूल्क नतिर्ने बस्नेतको कम्पनी एपेक्स ईन्द्रेणी जेभीसहित १४ फार्मलाई शूल्क तिर्न सूचना जारी गरेको छ । लामो समयदेखि बाँकी रहेको बक्यौता भुक्तानीको लागि सार्वजनिक सूचना जारी गरेको हो ।
लामो समयदेखि मूल्य अभिवृद्धि कर, आयकर तथा अन्त शूल्क बक्यौता नगरेको भन्दै कार्यालयले १५ दिनको भाका राखेर सूचना जारी गरेको हो।

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य गर्न सुदृढ गरिने

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा …

चालु आर्थिक वर्षमा स्रोत नखुलेको तीन करोड ४६ लाख रूपैयाँ बरामद

ग्लोबलको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क, कसरी लि…
पैचो नेशलन सेल्स समिट सकियो , ग्रामिण उत्पादनलाई बजारिकरणमा जोड

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

आईएमई हस्पिटालिटीका होटलहरूमा एससिटी-युपिआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

प्रतिक्रिया